काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण अत्याधिक बढेको छ । वायु प्रदूषण अत्यधिक बढेपछि सोमबार भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी दिल्ली क्षेत्रमा घरबाट काम गर्न आदेश दिएको थियो ।
दल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यकाअधिकारीलाई संयुक्त बैठकमा बस्न पनि निर्देश गरेको छ । प्रदूषण मामिलामै बुधबार पनि अदालतले अर्को निर्णय गर्ने बताइएको छ । उता दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न लकडाउन निम्ति तयार रहेको जनाएको छ ।
मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने बताएका हुन् । सोमबारदेखि दिल्लीमा एकसातासम्म विद्यालय र सरकारी कार्यालय बन्द गरिसकिएको छ । मौसमविद्हरूका अनुसार त्यहाँको वायु प्रदूषण ’धेरै खराब’को सूचीबाट उकासिन सकेको छैन । पछिल्लो समय दिल्लीका विभिन्न अस्पतालमा श्वासप्रश्वास सम्बन्धी बिरामीहरू बढेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दिल्लीका अस्पतालमा पछिल्लो केही दिनयता घाँटी दुख्ने, छाती दुख्ने, आँखा पोल्ने जस्ता समस्याका बिरामीको संख्या बढ्दो क्रममा छ ।
प्रतिक्रिया