समाचार

एक महिनापछि कोरिया जानेहरुको भाषा परीक्षा सुरु हुने



काठमाडौँ – रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।

बिशेष कम्प्युटर प्रणालीबाट नै परिक्षा हुने बैदेशिक रोजगार बिभाग इपिएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुष १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको इपिएस शाखा कार्यालयले जनाएको छ ।

कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको कार्यालयले उल्लेख गरेको छ । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।