राजनीति

सर्वोच्चका न्यायाधीशहरु दुई कित्तामा, राणालाई सहज



काठमाडौँ – न्यायालयमा देखिएको विवाद समाधान हुन नसकेका बेला आजदेखि ५ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई साथ दिने भएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनलाई यसअघि साथ दिएकामध्ये ५ जना न्यायाधीशले कित्ता परिवर्तन गरेका हुन् ।

सोमबार सर्वोच्चका १९ मध्ये पाँच न्यायाधीश अन्य असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी भएनन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ५ जना न्यायाधिसहरुको भनाइ छ ।

असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुगेका न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ छन् । उनीहरुले कानुन ब्यवसायी बहसमा आए आफुहरुले सबै प्रकारको मुद्दा हेर्ने पनि तयारी गरेका छन् ।

पाँच जनाले साथ दिएसँगै प्रधानन्यायाधीश राणालाई राहत मिलेको टिप्पणी हुन थालेको छ । राणाको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच फुट आएको हो ।