Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

‘विप्लव’ नेतृत्वको बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती


काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्दको आह्वान गरेको छ ।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई दवाव दिने भन्दै नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदवाव दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको जानकारी दिएका थिए ।

नेकपाले नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महंगीविरुद्ध राष्ट्रिय ऐक्यवद्धता प्रर्दशन गर्ने विश्वास लिएको छ । बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले  फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।  ।