समाचार

थप ४१६ जनामा कोरोना संक्रमण


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक जनाको निधन भएको छ। यस्तै २७० जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या सात हजार ३११ रहेको छ।

७ हजार ५५४ जनामा पिसिआर र ४ हजार ८४८ जनामा एन्टेजिन परीक्षण गर्दा ३६७ जनामा पिसिआर र ४९ जनामा एन्टेजिन विधिको परीक्षणमा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा नेपालमा ७४ हजार ४५२ जनालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइएको छ ।