राजनीति

निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड



काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताउनुभएको छ ।

आज कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्वविकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरुमा सोही अनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिनुभयो । प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिदैँ कार्य सम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।