समाचार

नेप्सेमा दोहोरो अंकको सुधार


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको दोस्रो दिन आज दोहोरो अंकको सुधार आएको छ । नेप्से आज २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७ सय १५ दशमलब ३५ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा ४ अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि चार अर्बको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।