राजनीति

संवादमा आउन प्रधानन्यायाधीशले गरेको आग्रह कानुन व्यवसायीद्वारा अस्वीकार


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नुभएको वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वोच्चका १९ जना न्यायाधीश आन्दोलनमा छन् ।
वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्तिमार्फत आव्हान गर्नुभएको थियो । तर, प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने अडान लिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग मात्र वार्ता गर्ने बताउनुभएको छ । यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जबरासँग वार्ता नहुने र वक्तव्यको जवाफ वक्तव्यबाट दिइने बताउनुभयो ।