राजनीति

लगातारको दवावपछि महाधिवेशनको सुनिश्चितता भएको थापाको भनाई


नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनु भएको छ । आज नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आईतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनु भएको हो ।

थापाले नेपाली काँग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको बताउनुभयो । नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताउनु भयो । नेता थापाले नेपाली काँग्रेस राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुने गरी गर्नुपर्ने बताउनु भयो ।

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गर्नुभयो ।