विदेश

अमेरिका र चीनका राष्ट्रपतिबीच आज वार्ता हुँदै


काठमाडौँ – विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच आज वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल रुपमा वार्ता हुन लागेको हो ।
ताइवानलाई लिएर अमेरिका–चीन आमनेसामने हुने चिन्ता बढिरहेका बेला बाइडेन र सीबीच तेस्रोपटक वार्ता हुन लागेको छ । साइबर सुरक्षा, व्यापार र परमाणु हतियारसहितका विषय वार्ताको एजेण्डा रहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।