काठमाडौँ – अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिएका थिए ।
खेलकुद
प्रतिक्रिया