देश

विद्यार्थी आन्दोलन देखाउने दाँत मात्र बन्दै, सरोकारबाला निकायले दिँदैन ध्यान (भिडियोसहित)


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीनरुपैयाँको दरले मूल्य बढाएपछि सरकारकोचर्कोविरोध भईरहेको छ । इन्धनको मूल्यवृद्धि लगत्तै विद्यार्थी संघठनहरु विरोधमा उत्रिएका छन । तर विद्यार्थी संगठनहरुको विरोध पछिल्लो समय प्रभावहिन बन्दै गएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन तीन रुपैयाँको दरले मूल्यवृद्धि गरेपछि नेपाल आयल निगम र सरकारको सर्वत्र विरोध भईरहेको छ । सामाजिक सञ्जालदेखि देशैभर विभिन्न माध्यममार्फत विरोध जनाईरहेका छन । आइतबार सत्तारुढ दलका भातृ संगठन सहित विद्यार्थी संगठनले संयुतm रुपमा इन्धनको मूल्यवृद्धिको विरोधमाविरोध प्रदर्शन गरेका छन। काठमाडौको प्रदर्शनीमार्गमा ग्यास सिलिन्डर बोक्दै,थाल ठट्याउँदै विरोधमा उत्रिएका विद्यार्थीहरुले तत्काल मूल्यवृद्धि फिर्ता तथा आयल निगमका अधिकारीहरुको बर्खास्तको माग गरेका छन ।

इन्धनको नयाँ मुल्यको घोषणा लगत्तै विद्यार्थीहरुको विरोध सुरु भए पनि कसैको ध्यानकर्षण भएन । सत्तारुढ दलकै विद्यार्थी संगठन सडकमा ओर्लिएका छन । तर सत्ताको अझै ध्यानकर्षण भएको छैन । नेतृत्वसँग छलफल गर्नुको सट्टा देखाउनकै लागि मात्र सडकमा ओर्लिने चलन जस्तो मात्र बनेको छ । आन्दोलनमा क्षयीकरण आए पनि नागरिकको पक्षमा उभिने विद्यार्थी संगठनका नेताहरुको दावी छ ।

पछिल्लो समय विद्यार्थी आन्दोलन राजनीतिक स्वार्थमा अल्झिँदा विरोधको निचोड पनि विद्यार्थीमैत्री भन्दा पनि राजनीतिक दल र स्वार्थ केन्द्रित देखिन्छ । विद्यार्थीहरुकोे विरोध देखाउने दाँत मात्र बनेको छ। फलत पछिल्लो समय विद्यार्थी आन्दोलन कुनै पनि विषयमा निर्णायक बन्न सकेको छैन ।

कुनै समय मुलुकको व्यवस्था परिवर्तनको मेरुदण्ड नै मानिएका विद्यार्थी संगठनहरुको विरोध पछिल्लो समय प्रभावहिन छ । नेतृत्वको चाकडीपन,क्षणिक लाभ र एस म्यान प्रवृत्तिका कारण गौरवमय इतिहास बोकेको नेपाली विद्यार्थी आन्दोलन ओझेलमा पर्ने गरेको छ । विद्यार्थी आन्दोलनबाटै व्यवस्था नै परिवर्तन गरी नेतृत्वमा पुगेका नेताहरुकै हस्तक्षेपकारी भूमिकाका कारण पनि नेपालको विद्यार्थी आन्दोलन नागरिक मैत्री छैन । यसतर्फ सरोकारवालाको ध्यानकर्षण हुन जरुरी छ ।