देश

मूल्यवृद्धि नियन्त्रणको लागि सरोकारवालालाई छैन चासो, नागरिकको दैनिकी सहज बनाउन राज्यको उदानसिनता (भिडियोसहित)


काठमाडौँ – जनता मारमा पार्नेगरी पेट्रोलियम देखि खाध्य बस्तुहरुको मूल्यवृद्धि गरेको भन्दै जनस्तरबाटै सरकारको चर्को आलोचना भइरहेको छ । आम सर्वसाधारणहरुले सामाजिक सञ्जालमा मुल्य बृद्धिको विरोध गरेपनि सडकमा एक जुट भएर आवाज उठाउन भने सकेका छैनन् ।

नेपालमा हालसम्म कुनै पनि बस्तुहरुको मुल्य बृद्धि समय र परिस्थिति हेरेर हुने गरेको छैन । देशमा कालोबजारी व्यापाक रुपमा बडेको छ । सामाजिक संजालमा केहि समय विरोध हुन्छ । केहि नेताहरुले दुई चार दिन सडक तताए जस्तो गर्छन् । तर मुल्य नियन्त्रणमा ुकनै सफलता हात पर्दैन । त्यसमा पनि यातायात व्यवासायीले त सरकारले तोकेको भन्दा पनि बढि भाडा लिईरहेका छन् । बसमा न्यूनतम भाडा १८ रुपैयाँ छ, तर २० रुपैयाँ तिर्नुपर्छ । सरकारले तथ्यांक निकाल्दा १८ रपैयाँको निकाल्छ । त्यस्तै अहिले पेट्रोल ,डिजेल, मट्टितेल खाना पकाउने ग्यास, खाध्य बस्तुहरुको मूल्य पटक पटक बढ्ने गरेको छ । यसविरुद्ध सामाजिक संञ्जालहरुमा आक्रोश पोख्ने धेरै छन् । तर, नियन्त्रणको ठोष कदम चाल्न कसैले पनि सकेका छैनन् ।

नागारिकहरुले आफुहरु मर्कामा पर्दा पनि आवाज बाहिर निकाल्न नसक्दा चर्को मुल्य तिरेर हरेक सामान किनिरहेका छन् । आमसर्वसाधारण पनि एक जुट हुन नसक्दा मुल्य नियन्त्रणमा आउन नसकेको कतिपयको बुझाइ छ् । देशमा सरकारले नै मुल्यबृद्धि नियन्त्रण गर्न सकेको छैन । जबसम्म जनताहरु एक भएर मूल्यबृद्धिविरुद्ध आवाज उठाउदैनन् तब यी र यस्ता समस्याबाट नागरिकहरु पिल्सिरहनुपर्ने निश्चित छ ।