काठमाडौँ – सरकारले कोरोनाविरुद्धको फाईजर खोप आजबाट लगाउन सुरु भएको छ । यो खोप १२ वर्ष माथिका दिर्घरोग भएका व्यक्तिहरुले लगाउन पाउने छन् । यता सर्वसाधारण पनि यो खोप लगाउन पाउदा खुसी देसखिन्छन् । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिईरहेको छ । आइतबार १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर फाईजर खोप अभियान सुरु भएको छ । विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्ने बताए ।
यो खोप मुटुका विरामी, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका व्यक्ति, छातीको समस्या, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप र मधुमेह, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका, क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामीहरुले रक्तनलीसम्बन्धी रोग आदि समस्या भएका दीर्घरोगीहरुलाई लगाउन पाउने छन् ।
यता सर्वसाधारण पनि दिर्घरोगी भएका व्यक्तिहरुलाई पनि खोपको व्यवस्था गर्दा खुसि लागेको बताउछन् । यो खोप दिर्घरोगीहरुको लागि उचित छ भन्ने सुनेर नै खोप लगाउन आएको उनीहरु बताउछन् ।
कोभिड–१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन नभएपनि निको भएको ३० दिनपछि यो खोप लगाउन मिल्छ । कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउन हुँदैन । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो ।
प्रतिक्रिया