काठमाडौँ – इक्वेडरको एउटा जेलमा कैदीहरूबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।
ग्वायाकिल जेलमा दुई समूहबीच झडप हुँदा गएको सेप्टेम्बरमा पनि १०० भन्दा बढी कैदीहरूको मृत्यु भएको थियो । शुक्रबार साँझदेखि दंगा सुरु भएको बताइएको छ । आइतबार पनि थप हिंसा भड्किएको र सुरक्षाका लागि सैनिकहरू परिचालन गरिएको थियो ।
प्रहरीको सामरिक एकाइले जेलभित्र बन्दुक, विस्फोटक र धारिलो हतियारहरू फेलापारेको जनाएको छ । यो वर्ष इक्वेडरको जेलहरूमा झन्डै ३०० जना कैदीहरूको मृत्यु भएको छ ।
प्रतिक्रिया