समाचार

मुस्ताङमा हिम पहिरो, ७ जना घाइते



काठमाडौँ – मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् ।

हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो ।

हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गरेको प्रहरीले जनाएको छ ।