राजनीति

पाँचजनाबाहेक अन्य न्यायाधीशहरु काममा फर्कदै



काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुको मत विभाजित भइरहेको छ ।

अधिकांश न्यायाधीशहरु न्यायालय अवरुद्ध हुँदा नकारात्मक असर परेको भन्दै काममा फर्कन तयार भएको र्वोच्चको स्रोतले बताइएको छ । स्रोतका अनुसार आजबाटै गोलाप्रथा विधिबाट पेशी तोक्ने नियमावली स्वीकृत गरी काममा फर्किन तयार भएका छन् । एक न्यायाधीशका अनुसार पाँचजनाबाहेक अन्य न्यायाधीशहरुले काममा फर्किने प्रतिवद्धता जनाएका छन् ।

उनका अनुसार न्यायाधीश हरिकृष्ण कार्की, दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र मीरा खड्काबाहेक अन्य काममा फर्किने भएका छन् । उनले यसरी मत बाझिन थालेपछि काममा फर्किन तयार नभएका पाँच न्यायाधीशहरु गोलाप्रथामा जाने सहमति भत्काउने प्रयासमा जुटेको आरोप लगाएका छन् ।

उनले ती न्यायाधीशहरु भविष्यमा नेतृत्वमा आउने भएकाले सरकारसँग मिलेर काम गर्न र भागबण्डा सुरक्षित गर्न गोलाप्रथामा जाने पद्धति भित्र्याउन नचाहेको आरोप लगाएका छन् ।