राजनीति

नुरप्रसादसहित बारको विरोधमा उत्रिएका ५ जना पक्राउ


काठमाडौँ – नेपाल बार एशोसियनको आन्दोलन विरुद्ध उत्रिएका पाँच जनालाई प्रहरीले सर्वोच्च अदालतको मुल गेटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन् ।
प्रधानन्यायाधीशलाई कार्यालयमा प्रवेशमा रोक लगाउने भन्दै बार आन्दोलनमा उत्रदै गर्दा उनीहरु बारको विरोध गर्न अदातलमा पुगेका थिए । जबराको समर्थनमा उत्रिए पछि उनीहरुलाई प्रहरीले तुरन्तै पक्राउ गरेको थियो ।