राजनीति

एमाले महाधिवेशनका लागि अधिकांश प्रतिनिधि सर्वसम्मतले चयन


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको १०औं महाधिवेशनका लागि आधिकांश प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । केही स्थानमा भने निर्वाचनमार्फत प्रतिनिधिको टुंगो लागेको छ ।

केही जिल्लामा भने अझै सहमतिको प्रयास भइरहेको एमालेले जनाएको । आज साँझसम्मका प्रतिनिधि छनोट भइसक्ने एमालेले बताएको छ । एमालेले महाधिवेशनमा लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् ।