राजनीति

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको आसन्न १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ । हिजो शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको थियो । तीनैएजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ ।