राजनीति

राष्ट्रिय समस्या भन्नेलाई प्रचण्डको कडा जवाफ,प्रचण्ड नभई नेपाली राजनीतिको पात हल्लिँदैन (भिडियोसहित)


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नभई नेपाली राजनीतिको पात पनि हल्लिँदैन भन्ने डेढ दशकयताको कथ्यले अहिले पनि मूर्त रुप पाइरहेको छ । त्यसमा पनि सत्ता राजनीतिको खेलमा सधैं निर्णायक रहेका उनको अस्थिरतालाई राष्ट्रिय समस्याका रुपमा ब्याख्या गरिन्छ । तर उनी त्यो स्वीकार्ने पक्षमा देखिँदैनन् ।

सधैं अस्थिर बनिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरु सुरुमा मुख्य प्रतिपस्र्धी र विरोधी मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय समस्याका रुपमा चित्रण गरिरहन्थ्ये । आरोपको यो शिलशिला अब विस्तारै उनको राजनीतिमाथि लेखाजोखा गरिरहेका विश्लेषकहरुसम्म पुगेको छ । विगतको पछ्याईरहने १० बर्षे जनयुद्धको थालनी गर्दा रोल्पा रुकुमलाई इपीसेन्टर बनाएका प्रचण्डले अहिले ती जिल्ला पनि छन् भन्ने विर्सिएपछि उनी समस्या नै रहेको दाबी विश्लेषकहरु गर्छन ।

कुनैबेला लड्न जान पाइएन, मर्न जान पाइएन’ भन्ने कार्यकर्ता भएको पार्टीका सर्वाेच्च कमाण्डर अहिले अभिव्यक्ति खपतका लागि समेत कार्यकर्ता नपाउने अवस्थामा छन् ।उनमा न सिदान्त बाँकी रहेको छ, न बोलीको ठेगान छ । कहिले आफू आगो भएको भन्दै कार्यकर्ता उत्तेजित बनाउँछन् त कहिले एक्लिँदै गएको पीरमा रोईदिनेदेखि कहिले माओवादी पार्टी अझै देशको एक नम्बर भएको घोषणासम्म गर्न भ्याउँछन् । उनको यही अस्थिर व्यवहार नेपाली राजनीतिकले विगत डेढ दशकदेखि ब्यहोर्दे आएको छ । माओवादी शान्ति प्रक्रियामा आएसंगै प्रचण्ड नभई नेपाली राजनीतिको पात पनि हल्लिँदैन भन्नेडेढ दशकयताको कथ्यमा उनी सरकार ढाल्ने खेलमा कहिले नायक त कहिले खलनायक बनेका छन् । आफु अनुकुल नै सत्ता घुमाइदिन सक्ने ताकत भएका प्रचण्डलाई यसैकारण धेरैले राष्ट्रिय समस्यामा मानेका छन् । तथापी उनी यो स्वीकार्ने पक्षमा छैनन् । बरु विगतका उपलब्धी उल्ट्याउनकै लागि प्रचण्डलाई सिध्याउन घेराबन्दी गरेको उनी दाबी गर्छन ।

प्रचण्ड नेपालमा नजन्मिएको भए, विगत केही दशक यताका थुप्रै उपलब्धीबाट मुलुक बञ्चित हुने थियो । गणतन्त्र, समानुपातिक समावेशीता र समाज रुपान्तरणका विषयमा प्रचण्डको अरुभन्दा बढ्ता योगदान भएको कुरा नकार्न मिल्दैन ।तर पछिल्लो समय लथालिङग बनेको देशको अवस्थाको प्रमुख पात्र पनि उनी नै हुन भन्ने कुरालाई नकार्न मिल्दैन ।प्रचण्डले आफ्नो छबी सुधार्न विगतमा फर्किएर एकपटक समिक्षा गर्न आवश्यक रहेको विश्लेषकहरु बताउँछन् ।

पार्टी सञ्चालनका लागि प्रचण्ड जननीति अख्तियार गर्दैनन्, निश्चित कार्यकर्ता र एसम्यानहरुको बीचमा घेरिएर बस्छन् । शहिद परिवार र घाइतेहरुको आवाज सुन्दैनन् । परिवर्तनशिल हुने नाउँमा अस्थिर बनिरहन्छन् ।राजनीतिलाई जनताको शक्तिमा आधारित खेलभन्दा पनि ‘सम्भावनाहरुको खेल’ मान्छन र सत्ताको वरिपरि घुमिरहन्छन् ।फलतः उनको राजनीतिक अभीष्टको आयुमै प्रश्न उठेको छ ।