राजनीति

प्रचण्डको स्वास्थ्यमा समस्या, के भने त चिकित्सकले ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि दाहाल ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएको सचिवालयले बताएको छ ।

अस्पतालमा परीक्षणको क्रममा प्रचण्डको रक्तचाप बढेको पाइएपछि डाक्टरहरूले अस्पतालमै बस्न सल्लाह दिएको प्रचण्डको पनि सचिवालयले बताएको छ ।शनिबार बिहान प्रचण्डलाई रूघाखोकीसहित स्वास्थ्यमा समस्या देखिएको बताइएको थियो ।

उहाँको स्वास्थ्यमा समस्यादेखिएपछि आजका लागी तय भएका सबै कार्यक्रम गरिएको थियो । उहाँको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उहाँकी पुत्री गंगा दाहालले जानकारी दिनुभएको छ ।

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण उहाँ बिरामी परेको दाहालले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।