राजनीति

एकीकृत समाजवादीका केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।
एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक शुरु भएको छ ।