राजनीति

स्वतन्त्रतापूर्वक अघि बढ्न पत्रकारितासँग सम्बन्धित संगठनहरुलाई मन्त्री शर्माको आग्रह


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढ्न आग्रह गर्नु भएको छ । नेकपा (माओवादी केन्द्र)का नेता समेत रहनु भएका उहाँले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरानै सबै पत्रकारहरु र पत्रकारहरुसँग आवद्ध संघ, संगठनहरुको दायित्व भएको पनि बताउनु भयो ।

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले पत्रकारहरुलाई समाजवादतिर अगाडि बढने गरी संगठन र विचारको निर्माण गर्न पनि सुझाव दिनु भयो । अर्थमन्त्री शर्माले पत्रकारहरुको क्षमता वृद्धिका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो ।