राजनीति

राजनीतिक दलले न्यायालयमा हस्तक्षेप गर्न नमिल्ने अध्यक्ष यादवको दाबी


काठमाडौँ – सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राख्नु भयो ।

यादवले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावी समेत गर्नु भयो । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उहाँले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिनु भयो ।

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै त्यसलाई संशोधन नगरी अघि बढन नसकिने अडान दोहो¥याउनु भयो । उहाँले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनु भयो ।