राजनीति

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने पक्षमा एमाले छैन : नेता रायामाझी


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा आफूहरू नभएको नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले बताएका छन् । शनिबार काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेतिर एमालेको सोच नभएको बताएका हुन् ।

नेता रायमाझीले प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने जिकिर गरे । पार्टी फुटाउनका लागि अध्यादेश ल्याइएको भन्दै उनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धनको सरकारले गरेको धारणा व्यक्त गरे । उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको आरोप समेत लगाए ।