राजनीति

पार्टी केन्द्रिय कार्यालयमा अनसन बस्ने कांग्रेस डडेलधुराका सभापतिको चेतावनी


काठमाडौँ – नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले पार्टी केन्द्रिय कार्यालयमा अनसन र धर्नामा बस्ने चेतावनी दिनु भएको छ । जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि अनसन बस्ने उहाँले बताउनुभएको छ ।

मल्लले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रुपमै पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा र केन्द्रिय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

सभापति मल्लले केन्द्रिय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई समेत नगरेको भन्दै आपत्ति जनाउनु भयो ।