राजनीति

जनगणनामा साँचो विवरण उपलब्ध गराउन सभामुखको आग्रह


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आग्रह गरेका छन् । सभामुखले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि महत्वपूर्ण विषय भएको यसमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन् ।

सभामुख सापकोटाले १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा आज विहान लैनचौरस्थित निवासमा पुगेको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराउँदै राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

सभामुख सापकोटाले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।