राजनीति

एमालेले देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छ । संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन् । ८ लाख १० हजार संगठित सदस्यले प्रतिनिधि चयन गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
कतिपय स्थानमा यसअघि नै प्रतिनिधि सर्वसम्मत चयन भइसकेका छन् । महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ । एमाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ ।