काठमाडौँ – देशभर चिसो बढेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विज्ञहरूले चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिएका छन् ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो बढेको छ । यद्यपी तत्काललाई पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।
महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरू हुन्छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री रहेको छ ।
प्रतिक्रिया