समाचार

फाइजर खोप ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ ।
फाइजर खोप भोलिदेखि मंसिर ४ गतेसम्म पहिलो मात्रा र मंसिर २७ देखि पुस २ गतेसम्म दोस्रो मात्रा दिइदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिने छ । स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिने छ । आगामी पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप लगाइने सरकारी तयारी छ ।