राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि


काठमाडौँ – सत्तारुढ दल एकीकृत समाजवादीले पार्टीको सांगठनिक संरचनासहित समसामयिक विषयमा केन्द्रीय कमिटीमा छलफल गर्दै छ । आज सुरु भएर भोलिसम्म चल्ने बैठकले पार्टीको सांगठनिक संरचनालगायतका विभिन्न विषयमा निर्णय लिने केन्द्रीय सदस्य लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरुको शपथ ग्रहण गराउने एजेन्डा पनि रहेको छ । बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । अध्यक्ष र सम्मानित नेताले सम्बोधन गर्ने तथा बागमती र प्रदेश १ का मुख्यमन्त्रीले कार्ययोजना पेश गर्ने कार्यक्रम तय गरिएको छ । बैठकमा सात वटै प्रदेशका इन्चार्जले प्रदेशगत अवस्थाको बारेमा रिपोर्टिङ गर्ने भएका छन् ।