खेलकुद

ए डिभिजन लिगका लागि टिकट दर निर्धारण, कतार एयरवेजले पनि ब्योहोरर्दै छ करौडौं खर्च (भिडियोसहित)


काठमाडौँ – मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ । साधारण प्यारापिटतर्फ एक सय र भीआईपी प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरिएको हो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा एन्फाले दर्शकलाई रंगशालामा प्रवेश दिने तयारी भएको भन्दै टिकटको मूल्य निर्धारण गरेको छ । एन्फाले गत संस्करणको लिगमा भन्दा धेरै दर्शक लक्ष्य राखेर टिकट मूल्य घटाइएको दाबी गरेको छ । जसअन्र्तगत दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरिएको छ ।

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भएको छ । ए डिभिज लिगका पदाधिकारीले भने दुई चरणका खेल तालिका सार्वजनिक भइसेकको र बाँकी खेलका लािग खेल स्थलको टुङ्गो लागिसकेपछि निर्धारण हुने इंकित गरे । एक सातामा चार दिन खेल सञ्चालन गर्ने लक्ष्य अनुसार शुक्रबार, शनिबार, आइतबार र सोमबार खेल हुने छ ।

मनाङ मस्र्याङ्दी क्लबको होम ग्राउन्ड पोखरा रंगशाला भएकाले केही खेल त्यहाँ गराउने विषयमा पनि छलफल भइरहेको एन्फाले जनाएको छ । यसअघि कात्तिक २९ गतेदेखि नै लिग सुरु हुने बताइए पनि अन्तिम समयमा आएर आयोजक एन्फाले प्राविधिक कारण देखाउँदै लिग तीन दिन पछि धकेलेको हो । पहिलो चरणका खेलहरू शुक्रबार र शनिबार दुवै दिनका खेल दशरथ रंगशलामा तथा आइतबार र सोमबार एन्फा कम्प्लेक्समा हुने एन्फाले जानकारी दियो । त्यसपछिका खेलको तालिका भने केही खेल पछिमात्र निर्धारण गर्ने एन्फाको तयारी छ । यस्तै लिग सुरु हुनुअघि कोभिड नेगेटिभको रिपोर्ट बुझाएका खेलाडीलाई प्रतियोगिताका दौरान कोरोना संक्रमण भए क्लब र परिवारलाई बोझ नदिने भन्दै त्यसको उपचारको जिम्मा एन्फाले लिनेछ ।

लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० हाराहारीमा कतार एयरवेजले बेहोर्ने छ । नयाँ सिजनको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । जस अन्तर्गत मंसिर ३ गते फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा उद्घाटन खेल हुनेछ ।