काठमाडौँ – भारतको नयाँ दिल्लीमा वायुको गुणस्तर निकै खस्किएको छ । वायु प्रदूषणका कारण मानिसहरुमा श्वासप्रश्वास र आँखासम्वन्धी समस्या देखिन थालेको छ । दिल्लीको वायु गुणस्तर सूचांक (एयर क्वालिटी इन्डेक्स) एक्कासी बढेको हो । दिल्लीको दुई सहरको वायु गुणस्तर सूचांक ७०० नाघेको छ ।
यतिबेला दिल्लीका विभिन्न क्षेत्रलाई प्रदूषणका दृष्टिले रेड जोन घोषणा गरिएको छ । पन्जाबमा खेतवारीमा लागेको आगो र दीपावलीमा पटका पड्काउदा फैलिएको धूँवा नयाँ दिल्लीसम्म पुग्दा प्रदूषण बढेको बताइएको छ ।
प्रतिक्रिया