देश

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परे : प्रेमलाल महर्जन


काठमाडौँ – राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताउनु भएको हो । उहाँले नेपाल आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताउनु भयो ।

अध्यक्ष महर्जनले १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको बताउनु भयो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताउनुभयो ।

उहाँले तेलको मूल्यवृद्धि नघटाए भाडादर बढाउने चेतावनी समेत दिनुभयो । महासचिव सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरुले आफैँ चलाएको आरोप समेत लगाउनुभयो ।