राजनीति

विश्वको इतिहासमै सर्वोच्चको खाली इजलासमा बहस, न्यायमुर्तिबाटै न्यायालय बन्धक


काठमाडौँ – स्वतन्त्र कानून व्यवसायी अभियानमा आवद्ध कानून व्यवसायीहरुले विश्व इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलका खाली इसजलासमा बहस गरेका छन् । अधिवक्ता स्वागत नेपालको नेतृत्वमा, अनिल उपाध्याय, कृष्ण प्रसाइ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीवावु दहाल, पृथ्वीनाथ राई, दिपक खनाल, निर्मला दंगाल लगाएत १२ जना कानून व्यवसायीहरुले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै इजलासहरुमा बहस गरेका हुन् ।

उनीहरुले इजलास भित्रको सीसी क्यामरा र न्यायाधीशका खाली कुर्सिलाई सम्बोधन गर्दै संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको बहसका क्रममा खाली इजलासमा बोलेका थिए । कानून व्यवसायीहरुको उक्त बहस इजलास अधिकृत लगाएत सर्वोच्चका कर्मचारीहरु, सुरक्षाकर्मी र पिडित सेवाग्राहीहरुले सुनिरहेका थिए ।

महिनौदेखी भोकभोकै न्यायका लागि सर्वोच्चका खाली इजलासमा न्याय कुरीरहेकाहरुले यसरी मुलुकुको सर्वोच्च निकायमै आफुहरुमाथि अन्याय भएको र यसले आम जनतामा न्यायाधीस र न्यायालयमाथीको विश्वास गुमेको प्रतिक्रिया दिए, नाम सार्वजनिक नगरिदिने सत्रमा एक जना बारा जिल्लाबाट आएका पिडितले भने आफु एक महिनादेखी सर्वोच्चमा मुद्दा फैसला होला भनेर कुरीरहेको तर इजलास वहिस्कारका कारण ३ दिनका लागि भनेर आएको मानिस खर्च सकिएर सडक छेउमै भोक भोकै रात विताउन वाध्य भएको प्रतिक्रिया दिए ।

अधिवक्ता स्वागत नेपालले न्यायालयमा भइरहेको भ्रष्टाचार, विकृति र नेपाल बार एशोशिएसनकै पादाधिकारीहरु र केही वरिष्ठ कानून व्यवसायी नै भ्रष्टाचारमा लिप्त भनी सार्वजनिक गरिएको प्रतिवदेन तत्काल लागु गर्न माग गरे । उनले कार्की प्रतिवेदन कार्यान्वयन नहोस् भन्ने चाहने विचौलीया कानून व्यवसायी र बारको नेतृत्व सहितको पदाधिकारी उल्टै आन्दोलनमा उत्रेको र यसको भित्रि रहस्य उक्त कार्की प्रतिवेदन कार्यान्वयन नहोस् भन्ने रहेको बहसका क्रममा बताए ।
अधिवक्ता नेपालले यस अघि सर्वोच्चको इतिहासमा न्यायालय सुदृढीकरणका लागि धेरै आयोग बनेको तर प्रतिवेदनहरु अघिल्ला न्यायाधीसहरुले सार्वजनिक नै गर्न नसकेको बताए । पूर्व न्यायाधीशहरुले गर्न नसकेको काम वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाज्यूले हिम्मत गरेर अदालत र बार भित्रको भ्रष्टाचारको पर्दाफास गर्न खोज्दा उल्टै उहाँ विरुद्ध अभियान चलाएको उनले स्प्रष्ट पारे ।

अधिवक्ता नेपालसंगै अधिवक्ता अनिल उपाध्याय र कृष्ण प्रसाइले यदि न्यायालय न्यामूर्तिबाटै बन्धक भइरहने हो भने सम्पूर्ण नेपाली जनता सडकमा आउने वातावरण सृजना हुने बहसका क्रममा खाली इजलासलाई सुनाए । उनीहरुले यो मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने समेत जानकारी गराए । साथै आइतबार पनि इजलास खाली नै रहेपनि बहसको क्रम जारी रहने स्वतन्त्र कानून व्यवसायी अभियानले बताएको छ ।