राजनीति

न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने प्रधानमन्त्री देउवाको धारणा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आफूनिकट नेता र मन्त्रीहरुसँग न्यायालयको विवादबारे परामर्श गर्नुभएको थियो सो क्रममा नेताहरुसँग देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरुसँग छलफल गर्नुभएको थियो । सो क्रममा देउवाले न्यायपालिकाभित्रको समस्या त्यहीँबाट समाधान हुनुपर्ने धारणा राख्नुभएको थियो । छलफलका क्रममा सरकारका मन्त्रीहरुले भने बारको आन्दोलनका कारण न्यायालयको सेवा प्रभावित भएको र सरकारले आफ्नो धारणा प्रष्ट नगर्दा त्यसको गलत सन्देश भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।