देश

मृतक परिवारको उजुरी लिन प्रहरीले गर्याे इन्कार


काठमाडौँ – गत बुधबार बनेपा विद्युत् प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएका सुशिल घिमिरेका परिवारले दिएको उजुरी लिन बनेपा ईलाका प्रहरी कार्यालयले इन्कार गरेको छ ।

उजुरी लिन नमानेपछि स्थानीय र प्रहरीबीच मुठभेड समेत भएको थियो । मुठभेडमा एक स्थानीय घाइते भएका मृतक परिवारका दाई सञ्जय घिमिरेले जानकारी दिए । उजुरी लिन नमानेपछि हिजो बिहीबार प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको थियो । उजुरी लिन इन्कार गरे पनि स्थानीयको दवावमा प्रहरीले प्राधिकरणका कर्मचारी हरि हुमागाईलाई हिरासतमा लिएको छ ।

२४ गते बुधबार पनौति नगरपालिका वडा २ कुशादेवस्थित बोलखे गाँउमा बत्ती गएपछि बनाउँन जाँदा २० वर्षीय घिमिरेको करेण्ट लागेर मृत्यु भएको थियो । स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी गराइसकेको थियो । प्राधिकरणलाई जानकारी गराएर ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा साँझ ६ बजे उनको मृत्यु भएको थियो । मृतक घिमिरे वाइरिङको काम गर्दै आएका थिए ।

यसैसँग सम्बन्धित समाचार: प्राधिकरणको लापरवाहीले गयो युवकको ज्यान