राजनीति

पौडेल पक्षीय केन्द्रीय सदस्यहरको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।

पौडेल समूहले केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको जनाएको छ । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गर्नुभएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।