राजनीति

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार


काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले विहीबार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । आज नै नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ खुवाइएको छ ।