काठमाडौँ – १९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा आयोजना हुँदैछ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने तयारीको कुनै सुरसार नै छैन् ।
१९औं एसियन गेम्समा सहभागिता जनाउने देशले यतिबेला धमाधम तयारी थालिसकेका छन् । तर नेपालमा भने अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै दबाब दिनुपर्ने बाध्यता छ । एसियन गेम्समा कसरी आफूलाई बलियो बनाउँने भन्नेमा खेल पदाधीकारीलाई कुनै चासो भएको देखिदैन् । त्यसैले विभिन्न संघसंस्थाले नवनियुक्त खेल मन्त्रीलाई दबाब दिएका छन् ।
दबाब कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटिका पदाधिकारी पनि सहभागि थिए । सहभागिहरुले नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरे ।
त्यसोत कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छैन । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भएका थिए । विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि केरोनाले प्रभावित ग¥यो र एक वर्ष धेकिलिन पुगेको थियो । तयारी गरिरहेका खेलाडीक पनि अन्योलमा परेका थिए । अब नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको छ । हान्जाउमा हुने उक्त खेलका लागि अन्य देशका खेलाडीले तयार थालेका छन् । कोरोनाका कारण नेपाली खेलाडीको स्तर खस्किएको भन्दै अझ कडा मिहिनेत गर्नुपर्ने अवस्था छ । यता खेलकुद मन्त्री भने ८–१० महिनाको समय तयारीका लागि पर्याप्त हुने दाबी गर्छन् ।
नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आशावादी रहन सकिन्छ । तर अभ्यासको तयारीमा नजुट्दा भने यस्ता खालका प्रतियोतामा सहभागिता मात्रै सिमित होला भन्न सकिन्न ।
एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदै छ । गतिशील हुनुपर्ने खेलकुद क्षेत्र खेलको मर्म अनुसार अगाडि बढ्न नसकदा नतिजा भगवान भरोसामा मात्र सिमित हुने गरेको छ । पदक आशा गरिए अनुसार लगानीका लागि पनि जिम्मेवार निकालयले समयमै ध्यान दिनु पर्ने हुन्छ ।
प्रतिक्रिया