राजनीति

पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि हुँदा मारमा जनता, विद्यार्थीको आन्दोलन देखावटी मात्र (भिडियोसहित)


काठमाडौँ – राजनीतिक एजेण्डाका विषयलाई लिएर सडकमा उत्रीने विद्यार्थी नेताहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा गुमनाम देखिएका छन् । सत्तापक्ष होस या प्रतिपक्ष, सबै आ–आफ्नो मुद्वा लिएर सडकमा उत्रीएका हुन्छन् । तर, जनता महंगी र मुल्य वृद्विको मारमा पर्दा उनीहरुको उपस्थिति शुन्यप्राय देखिन्छ ।

नेपाल आयल निगमले पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । दुई साता बित्न नपाउँदै निगमले फेरि पनि बिहिबारबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर एक हजार पाँच सय ७५ पु¥याइएको छ । अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य एक सय १९ रुपैयाँ कायम भएको छ ।

आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धन एक सय एक रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानका लागि हवाई इन्धन आठ सय ९५ डलर प्रतिकिलोलिटर पु¥याइएको छ । निगमले यसअघि गत कात्तिक १२ गते पनि मूल्यवृद्धि गरेको थियो । निगमले पटक–पटक सर्वसाधारणको ढाड सेक्नेगरी मूल्यवृद्धि गर्दा पनि विद्यार्थी संगठन भने गुपचुप अवस्थामा रहेका छन् । आ–आफ्नो राजनितिक मुद्यामा अघि सर्ने विद्यार्थी नेताहरु यतिबेला कुन कुनामा छन् ? यस्तो वेला पनि विद्यार्थी नेताहरूको आवाज किन ननिस्किएको होला ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्तामा चरम मारमा परेकोप्रति विद्यार्थी नेताहरुको यसो भन्छन् । यता विश्लेषक भने यस्तो मुल्य बृद्धि हुदा पनि विद्यार्थीहरुले कुनै चासो नदेखाएको बताउछन् । उनीहरु विद्यार्थीहरुको हकहितको लागि होइन पैसा उठाउन लागि मात्र अघि सर्ने बताउछन् ।

विद्यार्थीको हकहितका लागि बनेका विद्यार्थी संगठन र तिनको नेताको व्यवहार पनि बुझिनसक्नुको छ । विभिन्न राजनीतिक माग लिएर सडकनै कव्जा गर्ने उनीहरूले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धिप्रति अहिले विरोध गर्नु उपयुक्त देखेका छैनन् । दलहरूको झोला बोकेर राजनीतिक दुनो सोझ्याउनमा मात्र विद्यार्थी नेताहरु केन्द्रीत हुनु विद्यार्थी आन्दोलनकै दुखद् पक्ष हो ।