राजनीति

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच दिल्लीस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । शर्माले विहीबार बिहान भारतीय विदेशमन्त्री एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका हुन् । उनीहरुबीच दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

त्यस्तै, शर्माले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको पनि बुझिएको छ । प्रधानसेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गरेका थिए ।