राजनीति

राष्ट्रिय तथ्यांक विभागद्वारा उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन


काठमाडौँ – राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ । बिहीवार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उहाँसहित परिवारको विवरण संकलन गरेको हो । ‘नेपालको राष्ट्रिय जनगणना २०७८’ आज (बिहीवार) बाट औपचारिक रुपमा शुरु भएसँगै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण शंकलन गरेको हो ।

आजबाट देशभर शुरु भएको १२ औँ जनगणनामा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना शुरु गरेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।