काठमाडौँ – साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक विहीबार करिब ६० अंकले घटेको हो । नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आईसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य विहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएका छन् ।
प्रतिक्रिया