काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै थप ६ जना संक्रमितको मृत्यु भएको छ भने २७९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया