काठमाडौँ – नेपाली फुटबलमा सबैभन्दा ठूलो लिग प्रतियोगिता शहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति फेरबदल गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको मिति सरेको जानकारी दिएको हो ।
कात्तिक २९ गतेदेखि हुने भनिएको लिग अब मंसिर ३ गते देखि हुने भएको छ । चार दिन ढिलो हुने गरी सारिएको लिग तीन दिन हुने छ । लिगका खेलहरू शुक्रबार, शनिबार र आइतबार मात्र खेलिने एन्फाले जनाएको छ ।
साताको अन्तिम तीन बारमा लिगका खेलहरू हुने भएकाले मिति सारिएको ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले बताए । अर्को शुक्रबारदेखि सुरु हुने लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् ।
प्रतिक्रिया