राजनीति

६ विद्यार्थी संगठनले आपूर्ति मन्त्रालयलाई बुझाए ज्ञापनपत्र


काठमाडौँ – ६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकारले जनताको ढाड सेक्ने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन समेत माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउनेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुँवर छन्।

सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे ६ विद्यार्थी संगठनले संघर्ष गर्ने पनि बताएका छन् । मूल्यवृद्धि फिर्ता नलिए कात्तिक २६ गते बिहान ९ ११ बजे आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २स्०० बजे खाली सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरूले दिएका छन्।
त्यस्तै, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध गर्ने र मंसिर २ गते २ बजे माइतीघर मण्डलमा सडक बहस गर्ने उनीहरूले जनाएका छन्।