राजनीति

तीन प्रदेश प्रमुखले लिए शपथ


काठमाडौँ – प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश-१ को उनीहरूलाई नियुक्त गरेकी थिइन् ।