राजनीति

चारधामलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्छ : मन्त्री आले


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले भगवान् शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान् शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दीर र भारतको काशी विश्वनाथ मन्दीर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताउनुभयो । दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् ।